चीनबाट हङकङ पुग्ने सबै नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राखिने

एजेन्सी

काठमाडाैं

चीनमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण हङकङमा एक जनाको ज्यान गएको छ। यस्तै २१ जनामा सङ्क्रमण देखिएको छ। 

आउँदो शनिबारदेखि हङकङले चीनबाट आफ्नो देश पुग्ने सबै नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ। बीबीसीका अनुसार स्वास्थ्यकर्मीले चीनसँगको सबै सीमा बन्द गर्न माग गर्दै आन्दोलन गरे पनि हङकङले सबै सीमा बन्द गर्न भने अस्वीकार गरेको छ।

चीनमा बुधबारमात्रै कोरोना सङ्क्रमित ७० जनाको ज्यान गएको छ। त्यहाँ अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९० पुगेको छ भने २४ हजार ३ सय नागरिकमा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म २५ देशका १ सय ९१ जनामा फैलिसकेको छ। अहिलेसम्म चीनबाहिर फिलिपिन्स र हङकङमा एक एक जनाको ज्यान गएको छ।

प्रकाशित मिति: : 2020-02-06 20:24:03

प्रतिकृया दिनुहोस्