एनआरएनविरूद्ध अख्तियारको मुद्दा, जाने भयो घर र जग्गा

गैरआवासीय नेपाली संघविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। ललिता निवासमा रहेको सरकारी जग्गा खरिद गरेर भवन बनाएको एनआरएनले जग्गाको स्वामित्व दाबी कायमै राखेका कारण मुद्दा दायर गरिएको बताइएको छ। 

अख्तियारले विशेष अदालत काठमाडौंमा १७५ जनाविरूद्ध मुद्दा दायर गरेकोमा गैरआवासीय नेपाली संघ तालिका नम्बर ३ को चौथो क्रमसंख्यामा परेको छ। उसलाई जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको उल्लेख गरिएको छ।

एनआरएनका तत्कालीन अध्यक्ष शेष घलेको कार्यकालमा बालुवाटारको ४८ आना जग्गा २६ लाख ५० हजारका दरले १२ करोड ७२ लाखमा खरिद गरिएको थियो । अहिले त्यो  सरकारी जग्गामा करोडौं लागतको एन्आरएन भवन छ। 

जग्गा भूमाफियाको चलखेलबाट प्रभावित भएर किनिएको थियो। जग्गा किन्नका लागि तत्कालिन एनआरएन उपाध्यक्ष भवन भट्टको संयोजकत्वमा सोनम लामा, राजेश राणा, शिशिर भट्ट र सुरेश चित्रकार रहेको एक समिति बनाइएको थियो। समितिले तत्कालिन अध्यक्ष घलेको आदेशमा उनका शुभचिन्तक मीनबहादुर गुरूङको वचन काट्न नसकेर जग्गा किनेका थिए। नेपालका नवधनाढ्य गुरूङ भाटभटेनी सुपरस्टोरका मालिक हुन् र यो जग्गा प्रकरणका वास्तविक भूमाफिया पनि यिनै हुन्।

भनाइ नै छ, सरकार लागेपछि कसैको केही दैया चल्दैन। ढिलोचाँडोको कुरा मात्र हो,  एनआरएनले भूमाफियाको चंगुलमा परेर किनेको जग्गा र त्यसमा बनेको भवन सरकारी हुने निश्चित छ।

त्यसो हुँदा संसारभरका एनआरएनको ब्लु मनी खोलाको पानी हुने छ।

यसका लागि अन्तिम जिम्मेवारी तत्कालिन अध्यक्ष शेष घलेले लिनुपर्छ। उनले जग्गा किन्नका लागि बनाएको समितिमा रहेकाबाट उठाउँछन् कि अरू कसैबाट उठाएर तिर्छन्, त्यो उनको कुरा हो ? 

अब प्रश्न उठ्छ, यसका लागि जिम्मेवार को हो ? 

उत्तर सिधा छ, यसका लागि अन्तिम जिम्मेवारी तत्कालिन अध्यक्ष शेष घलेले लिनुपर्छ। उनले जग्गा किन्नका लागि बनाएको समितिमा रहेकाबाट उठाउँछन् कि अरू कसैबाट उठाएर तिर्छन्, त्यो उनको कुरा हो ? 

समितिका एक सदस्य भन्छन्, 'हामी त समितिमा बसी दिएका मात्र हौं, घलेले नै भाटभटेनीका मीनबहादुर गुरुङसँग डिल गरेका हुन्। यसमा कि घले जान्दछन् कि भवन भट्ट।' उनीहरूले कमिशन कसैलाई दिनु नपरेकाले सस्तो पाएको भने, हामीले पत्यायौ। कमिशन उनीहरूले खाए कि के गरे ? त्यो आफूलाई थाहा भएन।'

जग्गा किन्नका लागि बनाइएको समितिका अर्का एक सदस्यको भनाइ भने फरक छ।  उनले भने, 'घलेले जानेर त्यसो गरेका हैनन् । उनी मीनबहादुर गुरूङको फन्दामा परेका मात्र हुन्। तर, यसो भनेर उम्कन सक्ने अवस्था भने उनी पनि देख्दैनन् । जिम्मेवारी त समिति र अध्यक्ष घलेले नै लिनुपर्छ।'

घलेको देवत्वकरण गर्ने उनका अनुयायीहरू ठान्छन्, ' उनीजस्ता धनी र मनकारी मानिसबाट त्यस्तो हुन सक्दैन। ' तर, त्यसको ठीक फरक विचार राखनेको भनाइ छ, 'रातारात धनी हुने मान्छेले यस्तै विश्वासको विश्वासघात गरेका हुन्छन्। घले मात्र अपवाद हुने कुरा आउँदैन। '

जे भए पनि एनआरएनको जग्गा र भवन प्रकरणमा घले एन्ड कम्पनी कुनै न कुनै रूपमा लाभान्वित भएकै हुनुपर्छ। राम्रो हुँदा जग्गा किनेर घर बनाएँ भन्ने घलेले नराम्रो हुँदा त्यसको जिम्मेवारी पनि लिनुपर्छ भन्ने एनआरएन नै धेरै भेटिएका छन्। 

 

 

प्रकाशित मिति: : 2020-02-06 15:32:04

प्रतिकृया दिनुहोस्