अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत मध्यपूर्व शान्ति योजनालाई इस्लामिक देशहरुको सङ्गठन अर्गनाइजेशन अफ् इस्लामिक को–अपरेशन (ओआईसी) ले अस्वीकार गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जनवरी २९ मा लामो समयदेखि अपेक्षा गरिएको मध्य–पूर्व शान्ति योजना सार्वजनिक गरेका थिए।
विश्वका झण्डै डेढ अर्ब मुसलमानहरुको प्रतिनिधित्व गर्ने सङ्गठनकाे सोमबार बसेको बैठकले ट्रम्पको शान्ति योजनालाई लागू गर्न कुनै पनि हालतमा मद्दत नगर्न जनाएको हाे। बैठकपछि भन्यो, ‘ओआईसी अमेरिकी–इजरायलको योजनालाई स्वीकार गर्दैन किनकि यसले प्यालेस्टाइनका नागरिकको वैध अधिकार र आशालाई पूरा गर्दैन र शान्ति प्रक्रियाको शर्तहरुको पनि उल्लङ्घन गर्छ।’
ट्रम्पको योजनालाई रौहानीले झै प्यालेस्टिानीले यसअघि नै अस्वीकार गरिसकेको छ। प्यालेस्टाइनले ट्रम्पको योजना इजरायलको पक्षमा रहेको भन्दै यसलाई मान्न आफू वाध्य नभएको बताएको छ।
अमेरिकी योजनाअनुसार पूरै जेरुसेलम शहरमा इजरायलको अधिकार हुनेछ र इजरायलले प्यालेस्टाइन जमिनमा बसेको यहुदी बस्तीलाई आफ्नो नियन्त्रणमा लिन सक्नेछ।