नेयमार फेरि घाइते

पेरिस सेन्ट–जर्मेन (पीएसजी)का स्ट्राइकर नेयमार फेरि घाइते भएका छन्। ब्राजिलियन खेलाडी नेयमारलाई गएको शनिबार राति भएको मोन्टपिलिएरसँगको खेलको क्रममा घाइते भएका थिए।

उनको करङमा चोट लागेको बताइएको छ। पीएसजीले फ्रेन्च लिग वान फुटबल अन्तर्गत मंगलबार नान्टेससँग् प्रतिस्पर्धा गर्दैछ। सो खेलका लागि पिएसजीको टीममा नेयमार रहेका छैनन्।

यद्यपी आइतबार उनले जन्मदिनको अग्रिम पार्टी दिएका छन्। पेरिसमा आफ्नो २८ औँ जन्मदिनको भव्य पार्टी दिएका हुन्। ह्वाइट थिमको पार्टीमा मेम्फिस डिपेयी, एन्जल डी मारिया, एडिन्सन काभानी, मार्को भेराटीसहितका खेलाडी पुगेका थिए।

उनी बुधबारदेखि २८ वर्ष लाग्दै छन्।
 

प्रकाशित मिति: : 2020-02-04 21:14:40

प्रतिकृया दिनुहोस्