चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुग्याे

चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको छ। 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार एकै दिन ७५ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको हो। 

यस्तै थप ३ हजारमा कोरोना संक्रमण भएको पनि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ। संक्रमितको संख्या चीनमा मात्र १७ हजारभन्दा धेरै भएको छ। चीनभन्दा बाहिर २४ देशमा गरी १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ। 

आइतबार फिलिपिन्समा कोरोनाबाट एक जनाको ज्यान गएको छ। 

६० लाख जनसंख्या रहेको वुहानको पूर्वी सहरमा कोरोनाको प्रकोप अझै बढ्न सक्ने भन्दै स्थानीय सरकारले चेतावनी दिएको छ। वुहान सहरमा यातायात तथा बजार सबै बन्द रहेका छन्। वुहानभन्दा बाहिरका शहरहरुमा पनि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन्।

वुहान सहरबाट ७ लाखभन्दा धेरै मानिस वुहानमा नाकाबन्दी गर्नुअघि नै सहर छाडेर बाहिर गईसकेका बताएका बीबीसीले जनाएको छ। 

वुहानको पूर्वी सहर वेन्जुउमा बसोबास गर्नेहरूलाई खाना र अन्य अत्यावश्यक सामान किन्नको लागि एउटा परिवारको एक जनालाई दिनमा दुई पटक घरबाट बाहिर निस्कन अनुमती दिएको छ। 

प्रकाशित मिति: : 2020-02-03 20:26:02

प्रतिकृया दिनुहोस्