जर्मन बुन्डेशलिगा क्लब बोरुसिया डर्टमण्डका फरवार्ड पाको अल्सासेर स्पेनिस क्लब भिल्ला रियलमा अनुबन्धित भएका छन्।
नयाँ फरवार्ड इर्लिङ हाल्याण्ड क्लबमा आएपछि अवसर नपाएका अल्सासेर भिल्ला रियलमा अनुबन्धित भएका हुन्। २ खेलमा ५ गोल गरेका हाल्याण्ड उत्कृष्ट लयमा रहेका छन्। हाल्याण्डले डेव्यु खेलमा नै ह्यािट«क हानेका थिए। त्यसैले २६ बर्षका फवार्ड ओल्सासेर बेन्चमा बस्दै आएका थिए।
भिल्ला रियलले पछिल्लो समय अल्सासेरलाई अनुबन्धनको प्रयास गरिरहेको थियो। स्पेनिस सहकर्मी राहुल अल्वोल र स्यान्टि काजार्लाले समेत उनलाई क्लबमा ल्याउन प्रयास गरिरहेका थिए।
अल्सासेरले रियलसँग साढे ५ बर्षको सम्झौता गरेको विज्ञप्तिमा बताइएको छ। अल्सासेर कल्बका उत्कृष्ट खेलाडि समेत थिए। गत सिजन रोबर्टो लेवान्डोस्कीले मात्र अल्सासेर भन्दा धेरै गोल गरेका थिए। अल्सासेरले ३७ बुन्डेशलिगा खेलमा २३ गोल गरेका छन्।
डर्टमण्डले अल्सासेर २३ मिलियन युरोमा रियलमा आबद्द भएको बताएको छ। उनी क्लबका कीर्तिमानी खेलाडी हुन्। सन् २०१८ मा क्लबले जेरार्ड मोरिनोलाई कीर्तिमानी २० मिलियन युरोमा अनुबन्धन गरेको थियो।
उनले आगामी आईतबार ओसासुनाविरुद्धको खेलमा नयाँ क्लबबाट डेब्यु गर्नेछन्।
उनले भ्यालेन्सिया लागेका रोड्रिग्वो मोरिनोको स्थान क्लबमा लिनेछन्।