ए डिभिजन लिग: एनआरटीकाे सहज जित

न्युरोड टिम एनआरटीले शहीद स्मारक ए डिभिजन लिगमा सहज जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा एनआरटीले ब्रिगेड ब्वाइज क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो।

एनआरटीको दुवै गोल जितमा राजेश परियारले गरे।

३२ औं मिनेटमा राजेशले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए।

खेलको ५२ औं मिनेटमा राजेशले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–० को अग्रता दिलाए।
 

प्रकाशित मिति: : 2020-01-31 05:52:28

प्रतिकृया दिनुहोस्