३० वर्षपछि उपाधि होडमा लिभरपुल

लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायमै गरेको छ।

बुधबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल वेस्ट ह्यामलाई २–० गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा मोहमद सलाहा र एलेक्स ओक्सलेड चेम्बरलेनले एक एक गोल गरे।

खेलको ३५ औं मिनेटमा सलाहाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

५२ औं मिनेटमा चेम्बरलेनले लिभरपुलको जित सुनिश्चित गरेका थिए।

लगातार १५ खेलमा जित निकाल्दै लिभरपुल सन् १९९० पछि उपाधि होडमा लम्किएको छ। लिभरपुल लिगको ४१ खेलमा अपराजित छ। लिभरपुलले लिगमा ७० अंक जोडेको छ। लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग १९ अंकको स्पष्ट अग्रता लिएको छ।

पराजित बनेको वेस्ट ह्याम रेलिगेशन जोन भन्दा मात्र एक स्थान माथि छ। वेस्ट ह्याम २३ अंक सहित तालिकाको १७ औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-01-30 20:29:11

प्रतिकृया दिनुहोस्