एस्टन भिल्ला कारवाओ कपको फाइनलमा

एस्टन भिल्ला कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति भएको दोस्रो लेगमा लेस्टर सिटीलाई दुई–एकले हराएपछि एस्टन भिल्लाले समग्रमा  ३–२को जित निकाल्यो। लेस्टरको मैदानमा भएको पहिलो लेग एक–एक गोलको बराबरीमा सकिएको थियो। 

भिल्लाको मैदानमा भएको दोस्रो लेगमा महमुद ट्रेजेग्वेटले इन्ज्युरी समयमा गोल गरेपछि घरेलु टोलीले फाइनलको यात्रा तय गरेको हो। खेलको १२औँ मिनेटमा म्याट टार्गेटले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए।

खेलको ७२औँ मिनेटमा केलेची इहानाचोले लेस्टरका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए। इन्ज्युरी समयको तेस्रो मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै एस्टन भिल्लालाई फाइनलमा पुर्‍याए। 

लिग कपको उपाधिका लागि एस्टन भिल्लाले म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। ‍

प्रकाशित मिति: : 2020-01-29 20:44:32

प्रतिकृया दिनुहोस्