पत्रकार महासंघ पर्सा शाखाले अनियमिता गर्‍यो: पूर्वअध्यक्ष तिवारी

नेपाल पत्रकार महासंघ,पर्सा शाखाका पूर्वअध्यक्ष तिवारीले योग्यता पुगेका पत्रकारहरुले सदस्यता पाउनु पर्नेमा काखाँपाखा गरेको आरोप लगाएका छन्। कार्यसमितिका ब्यक्तिहरुले बढीभन्दा बढी मान्छे भित्र्याउने दाउमा सदस्यता प्रदानमा अनियमिता गरेको उनले आरोप लगाएका हुन्। 

मंगलवार गरिएको पत्रकार सम्मेलन बोल्दै कार्यसमितिकै उपाध्यक्ष तथा बहुमत सदस्यहरु भएको समितिले छानबिन गरी सिफारिस गर्ने र उनीहरु नै रहेको कार्यसमितिले त्यसउपर निर्णय गर्ने कार्य सन्तुलित नहुने उनले ठोकुवा गरे।

पत्रकार रितेश त्रिपाठीले बर्तमान कार्य समितिले बिधान, केन्द्रीय निर्देशन र अग्रजले बसाएको परम्पराको अपहेलना गरेको आरोप लगाए। ‘अरुको हकममा बिधि र पद्दतिको कुरा गर्ने पत्रकारहरुको छाता संगठन पनि बिधि र प्रक्रियामा हिड्नु पर्छ।’ उनले भने ‘महासंघ सच्चिन जरुरी छ।’ पूर्व पदाधिकारीहरुको समिति बनाएर सदस्यता, नवीकरण र शुद्धीकरणको विषय छिनोफानो गर्नुपर्ने उनले बताए।

प्रेस युनियन पर्साका उपध्यक्ष एवं फोटो पत्रकार महासंघका पर्सा अध्यक्ष बिजय चौहानले महासंघको पछिल्लो सधारणसभाबाट छानबिन समिति गठन भएर दोषी ठहर भएका शाखा अध्यग्क्ष श्याम बञ्जाराले राजीनामा दिनु पर्ने बताए। ‘महासंघ पर्साको कार्य समितिको गलत नियतका कारण उत्पन्न हुने असहज परिस्थितीप्रति नेतृत्व नै जिम्मेवार हुनुपर्छ।’उनले भने।

संघीय प्रेस फोरमका केन्द्रीय सदस्य अनिल तिवारीले लोकतान्त्रिक मुल्य, मान्यता र बिधानलाई महासंघ, पर्साको अध्यक्ष र पदाधिकारीहरुले लत्याएर हिँडेकोमा यो सह्य नहुने बताए। 

प्रकाशित मिति: : 2020-01-29 11:09:39

प्रतिकृया दिनुहोस्