गायिका आस्था राउत धरौटीमा रिहा

बिएल संवाददाता

काठमाडाै‌ं

गायिका आस्था राउत धरौटीमा रिहा भएकी छन्।

अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई चार हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेका हुन्।

सोमबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनलाई चार दिन थुनामा  राख्न अनुमति दिएको थियो। तर राउत सोमबार साँझ त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल भर्ना भइन्।

बिरामी भएको भन्दै राउतलाई प्रहरीले अस्पतालको चौथो तल्लाको ४ सय २३ नम्बर कोठामा राखेर उपचार गरेको थियो।

उनलाई टाउको दुख्ने,थकाइ लाग्ने र ज्वरो समेत आउन थालेपछि अस्पताल पुर्‍याइएको हो।

प्रकाशित मिति: : 2020-01-29 04:47:56

प्रतिकृया दिनुहोस्