वीरगन्जको नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारीको घर अगाडि शंकास्पद बस्तु

वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका एमडी बसरूद्दिन अन्सारीको घरमा एकाबिहानै संकास्पद बस्तु फेला परेको छ। तर, अन्सारीले भने उक्त बस्तु बम नै हुनसक्ने सञ्चार माध्यमलाई जानकारी गराएका छन्।

पानीटंकी ८ स्थित उनले घरको मुल गेटमा सोमबार बिहान कालो झोलामा संकास्पद बस्तु फेलापरेपछि जानकारी प्राप्त हुना साथ घटनास्थलमा अहिले पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह सहितका टोली पुगेको छ।

बिहानको समय भएकाले अन्सारी सहित परिवारका अन्य सदस्यहरू घर भित्रै रहेको र उनीहरुलाई प्रहरीले पर्खालबाट बाहिर निकाल्ने प्रयास गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।

अन्सारीको घर अगाडि अचानक कालो झोला देखा पर्दा सो क्षेत्रका स्थानीयसमेत त्रसित भएका छन्। स्थिति तनावपूर्ण रहेको छ। यता पानीटंकी घनाबस्ती भएकाले सवारी अवागमनमा समेत रोक लगाईएको छ ।

उक्त शंकासपद बस्तु कसले राखेको भन्ने बारेमा कुनै जानकारी अहिलेसम्म प्राप्त नभएको एसपी राठौले बिएल नेपाली सेवालाई जानकारी दिए।

घटनास्थलमा अहिले सेनाको बम डिस्पोजल टोली पुगीसकेकाले केही बेरमा थप जानकारी प्राप्त हुने एसपी राठौरले बताए ।

प्रकाशित मिति: : 2020-01-27 22:45:26

प्रतिकृया दिनुहोस्