म्यान्चेस्टर युनाइटेड पाँचौं चरणमा

म्यानचेस्टर यूनाइटेड एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ।

आइतबार भएको खेलमा लिग वान क्लब ट्रान्मेरे रोभर्सलाई ६-० गोल अन्तरले पराजित गर्दै युनाइटेड पाँचौं चरणमा पुगेको हो।

युनाइटेडको जितमा ह्यारी मागुएर, डिगो डालोट, जेसे लिंगार्ड, फिल जोन्स, एन्थोनी मार्सियल र मासुन ग्रीनवुडले एक एक गोल गरे।

 खेलको १० औं मिनेटमा मागुएरले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए।

१३ औं मिनेटमा डालोटले गोल गर्दै युनाइटेडको अग्रता २-० को बनाए। १६ औं मिनेटमा लिंगार्डले गोल गर्दा युनाइटेडको अग्रता ३-० बनाए।

४१ औं मिनेटमा जोन्सले गोल गर्दै युनाइटेडलाई ४-० को अग्रता दिलाए। खेलको ४५ औं मिनेटमा मार्सियलले गोल गरेपछि युनाइटेड पहिलो हाफमा ५-० ले अघि रह्यो।

यता ५६ औं मिनेटमा ग्रीनवुडले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ६-०गोल अन्तरको फराकिलो जित दिलाए।

प्रकाशित मिति: : 2020-01-27 19:18:06

प्रतिकृया दिनुहोस्