भारतले मनायाे ७१ औँ गणतन्त्र दिवस

बिएल संवाददाता

नयाँदिल्ली

भारतले आइतबार आफ्नो ७१ औँ गणतन्त्र दिवस मनाएको छ। कार्यक्रमको प्रमुख अतिथिका रूपमा भारतले यस वर्ष ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारोलाई बोलाएको छ।

गणतन्त्र दिवसका अवसरमा भारतीय सेनाले भव्य सैन्य प्रदर्शन गरेको थियो। उक्त अवसरमा विगतमा भारतले  प्रयोग गरेका विविध सांस्कृतिक, ऐतिहासिक र रणनीतिक महत्वका हतियारसमेत राजपथमा प्रदर्शन गरिएको थियो।

औपचारिक समारोह राष्ट्रिय युद्ध स्मारकमा पुगी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शहीदहरूप्रति सम्मान गरेपछि सुरू गरिएको थियो। भारतको गणतन्त्र दिवसमा ब्राजिलियाली राष्ट्रपतिले प्रमुख आतिथ्यता गरेको यो तेस्रो अवसर हो।

 गणतन्त्र दिवसका अवसरमा भारत सरकारले ७१ औँ गणतन्त्र दिवसको अवसरमा आइतबार विभिन्न व्यक्तिलाई पद्म पुरस्कार प्रदान गरेको छ। गणतन्त्र दिवसको पूर्वसन्ध्यामा शनिबार बेलुका राष्ट्रपति रामनाथ कोविन्दले १४१ पद्म पुरस्कारलाई अनुमोदन गर्नुभएको थियो। 

यसमा सात पद्म विभूषण, १६ पद्म भूषण र ११८ पद्म श्री सम्मान रहेका छन्। यो वर्ष ३३ महिलाले पद्म पुरस्कार पाउने भएका छन्। यस्तै १८ जना गैर–भारतीय सम्मानित हुँदैछन् भने १२ जनालाई मरणोपरान्त सम्मानित गरिएको छ। 

प्रकाशित मिति: : 2020-01-27 11:02:27

प्रतिकृया दिनुहोस्