सचेत रहन उच्च अधिकारीहरुलाई राष्ट्रपति सीकाे आग्रह

चिनियाँ राष्ट्रपति सी चिनफिङले उच्च अधिकारीहरुलाई सचेत रहन आग्रह गरेका छन्। चीनमा कोरोना भाइरस फैलिने क्रम तीव्र भएपछि राष्ट्रपति सीले चिनियाँ नयाँ वर्ष ‘लुनार’ को अवसरमा सार्वजनिक बिदाकै दिन उच्च अधिकारीहरुको विशेष बैठक डाकेर उक्त आग्रह गरेका हुन्।   

राष्ट्रपति सीले विशेष बैठकमा देशमा गम्भीर समस्यामा रहेको भन्दै अहिलेको खतरापूर्ण अवस्थालाई सहजतातर्फ लैजान निर्देशन दिए। 

 एक करोड १० लाख जनसङ्ख्या रहेको चिनियाँ शहर वुहानबाट कोरोना भाइरस फैलन सुरु भएको थियो। अहिलेसम्म यो भाइरस अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरिया र फ्रान्ससम्म पुगिसकेको छ। 

चीनमा अहिलेसम्म कोरोनाभाइरसबाट एक हजार चार सयभन्दा बढी सङ्क्रमित भएका छन् भने ४२ जनाको ज्यान गइसकेको छ। 

वुहानका अस्पतालको स्थिति अहिले चिन्ताजनक छ। अस्पतालमा बिरामीहरुको भिड लागेको छ, औषधि र पसलको स्टक समाप्त भए पनि माग बढिरहेको छ। 

वैज्ञानिकहरुले चेतावनी दिँदै चीनमा फैलिइरहेको घातक कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न असम्भव हुन सक्ने बताएका छन्। 

विश्वको सङ्क्रमित रोगका बारेमा अध्ययन गर्ने लण्डनको एमआरसी सेन्टरले भनेको छ, ‘यो भाइरस मानिसबाट मानिसमा सङ्क्रमण हुने हुँदा यसको अवस्थाला कस्तो छ भनेर बुझ्न सकिन्छ।’ सेन्टरका अनुसार एक जनाबाट कम्तीमा अन्य दुई जनामा यसको सङ्क्रमण फैलिइरहेको छ। 

चीनका कैयौँ प्रभावित शहरहरुमा यात्रा प्रतिबन्ध लगाइएको छ। आइतबारबाट कोरोना भाइरस फैलिएको  वुहान शहरको केन्द्रिय जिल्लाको निजी सवारीसाधनमा पनि प्रतिबन्ध लगाइने भएको छ। 

यसैबीच चीनले कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुका लागि ६ दिनभित्र हजार शैय्याको अस्पताल बनाउने काम भइरहेको छ। अस्पताल बनाउनका लागि २५ हजार वर्ग मिटर क्षेत्रफलको इलाकामा खन्ने काम भइरहेको छ।

 

प्रकाशित मिति: : 2020-01-26 21:41:29

प्रतिकृया दिनुहोस्