कोरोनाको कहर : भाइरसबाट डराउने होइन, सचेत बनौं

पहिलोपोष्ट

काठमाडौँ
फाइल तस्बिर

चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा देखिएको छ। यही महिना चीनबाट नेपाल आएका एक विद्यार्थीमा यस भाइरसको संक्रमण देखिएसँगै कोरोना भाइरस संक्रमित राष्ट्रमा नेपालको नाम समेत थपिएको छ।

चीनमा विकराल रुप लिँदै गएको 'नोबेल कोरोना भाइरस' मानिसबाट मानिसमा सर्ने भएकाले पनि यसको जोखिम विश्वभर देखिएको हो। चीनको २९ प्रान्तमा हालसम्म यस भाइरसको प्रभाव देखिएको छ। चीनसँगै नेपाल, अमेरिका,सिंगापुर, फ्रान्स,भियतनाम, जापान र दक्षिण कोरियामा समेत कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरु पहिचान गरिएको छ। संक्रमित भएका व्यक्तिहरुमा अधिकांश चीनबाट फर्किएको बताइएको छ।

प्रकाशित मिति: : 2020-01-26 00:57:37

प्रतिकृया दिनुहोस्