ब्राजिलका राष्ट्रपति भारत भ्रमणमा

बिएल संवाददाता

नयाँदिल्ली

ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारो राजकीय भ्रमणका लागि शुक्रबार भारत आइपुगेका छन्। 

भारतको संघीय राजधानी नयाँ दिल्ली आइपुगेका बोल्सोनारोले भारतको चार दिने भ्रमण गर्ने भएका हुन्। 

उनको मुख्य कार्यक्रम भने जनवरी २६ तारिखमा हुने भएको छ। भारतको गणतन्त्र दिवस परेडमा उनले प्रमुख अतिथिका रूपमा सहभागीता जनाउने भएको छ। 

भारतले यस बर्ष ७१औँ गणतन्त्र दिवस मनाउन लागेको छ। दिवसका अवसरमा कला र सांस्कृतिको प्रदर्शन, रीतिरिवाजसम्वन्धी कार्यक्रम, विज्ञान प्रविधिसम्वन्धी प्रदर्शनी, सैनिकहरुको प्रस्तुतिलगायतका विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ भने विशेष समारोहको प्रमुख अतिथिका रूपमा बोल्सोनारोलाई निमन्त्रणा गरिएको हो।

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतलाई भेट्ने कार्यक्रम पनि रहेको जनाइएको छ । उहाँहरूबीचमा केही दुई पक्षीय सम्झौताहरूमा हस्ताक्षर हुने कार्यक्रम समेत रहेको छ । 

प्रकाशित मिति: : 2020-01-25 10:01:20

प्रतिकृया दिनुहोस्