बार्सिलोनाका प्रशिक्षक सेटिन भन्छन्— 'मलाई मेरो टिम मन परेको छैन'

बिएल संवाददाता

काठमाडाै‌ं

दुई साताअघि बार्सिलोनाका प्रशिक्षक बनेका क्वेक सेटिन बार्सिलोनाको प्रदर्शनमा सन्तुष्ट छैनन्। बुधबार बार्सिलोनाले कोपा डेल रे अन्तर्गत अन्तिम ३२ को खेलमा  तेस्रो डिभिजनको क्लब इबिजामाथि २–१ को संघर्षपूर्ण जित हात पार्‍यो।

बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यानले दुई गोल गरे। यता इबिजाको लागि जाभी पेरेजले एक गोल फर्काए। तर खेलपछि खेलपछि सेटिनले असन्तुष्टि पोखेका छन्।

'होइन, मलाई मेरो टिम मन परेको छैन,' उनले खेलपछि आफ्नो टिमको प्रदर्शनबारे भने,'पहिलो हाफमा धेरै राम्रो खेल्न सकिन्थ्यो जस्तो लाग्छ।'

उनले इबिजाले आक्रमक भएर खेलेको बताए। खेलको नवौ मिनेटमा पेरेजले गोल गर्दै इबिजालाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफ १-० ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा कमब्याक गरेको थियो।

'यस्तो मैदानमा हामीलाई धेरै गाह्रो हुन्छ। उनीहरु आक्रमक थिए। डिफेन्समा बढी केन्द्रित पनि। त्यसैले सजिलो थिएन।'

गए रातिको जितलाई भविष्यका लागि सान्त्वना मात्र हुन सक्ने उनको भनाइ छ।

'यदि तपाईले खराब गर्नुहुन्छ भने सुधार पनि गर्न आवश्यक हुन्छ,' उनले भने।

७२ औंं मिनेटमा ग्रिजम्यानले बराबरी गोल फर्काए। ईन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै ग्रिजम्यानले बार्सिलोनालाई जिताए । खेल अवधिभर बार्सिलोनाले तीन वटा मात्र प्रहार गर्न सक्यो।

'म सबै श्रेय इबिजालाई दिन चाहान्छु। किनकी उसले निकै राम्रो खेल खेल्यो।' उनले भने,'उनीहरु एक गोलले अगाडि थिए। त्यसैले हाम्रा लागि सबै कुरा अप्ठेरो भएको थियो।'

स्मरण रहोस् की यो खेलमा लिओनल मेसी  र जेरार्ड पिकेलाई बिश्राम दिईएको थियो भने लुइस सुवारेज र उसमाने डिम्बेले घाइते भएका कारण मैदान छिर्न सकेका थिएनन्।
 

प्रकाशित मिति: : 2020-01-24 05:41:10

प्रतिकृया दिनुहोस्