रेलिगेशन जोनमा रहेकाे नर्विच सिटीमाथि टोटेनह्यामकाे संघर्षपूर्ण जित

इंग्लिस प्रिमियर लिगमा टोटेनह्यामले संघर्षपूर्ण जित निकालेको छ।

बुधबार राति भएको खेलमा टोटेनह्यामले रेलिगेशन जोनको पुछारको टिम नर्विच सिटीमाथि २–१ को जित निकालेको हो।

डेली अलीले ३८ औंं मिनेटमा गोल गर्दै टोटेनह्यामलाई अग्रता दिलाएका थिए। टिमु पुक्कीले ७० औंं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए।

७९ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनह्यामलाई महत्वपूर्ण जित दिलाए।

टोटेनह्याम मुख्य फरवार्ड ह्यारी केनले चोट बोकेपछि क्लब गोलका लागि संघर्ष गर्दै आएको छ। पछिल्ला तीन लिग खेलमा टोटेनह्याम गोल गर्न सफल समेत थियो।

टोटेनह्याम ३४ अंक सहित तालिकाको छैटौ स्थानमा उक्लियो। उसले पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गर्यो। नर्विच १७ अंक सहित तालिकाको पुछारमा यथावत छ।

प्रकाशित मिति: : 2020-01-23 19:28:55

प्रतिकृया दिनुहोस्