मुस्कान खातुन : मैले अनुहार लुकाएँ भने मलाई एसिड हान्नेको जित हुन्छ

ललितपुर, माघ ७ : कुपन्डोलस्थित हिमालय होटलमा मङ्गलबार राष्ट्रिय युवा सम्मेलन हुँदै थियो, जहाँ सातै प्रदेशका युवाहरू भेला भएका थिए।

‘समानताको पुस्ता’ भन्ने नारासहित सुरू भएको सम्मेलनमा काठमाडौंका थुपै्र प्रभावशाली व्यक्ति र सेलिब्रिटीहरू उपस्थित थिए,  तर उनीहरू सबैको नजरमा थिइन् – वीरगञ्जकी १४ वर्षीया मुस्कान खातुन।

मुस्कानमाथि गत भदौ २० गते एसिड प्रहार भएको थियो । एसिड प्रहार गर्नेहरूले सायद मुस्कानको मुस्कान खोस्न खोजेका थिए, तर त्यस्तो त्रासद घटना भोगेर बौरिँदा पनि मुस्कानले आफ्नो मुस्कान सँगालेर राखेकी छिन्।

महिलाविरूद्ध हुने सबै प्रकारका हिंसाविरोधी संयुक्त राष्ट्रसंघीय समितिकी उपाध्यक्ष वन्दना राणाले जब मुस्कानको हातमा माइक राखिदिइन्, तब उनले मीठो मुस्कान फ्याँकिन् । उनको ओजअगाडि मिस नेपाल अनुष्का श्रेष्ठ पनि फिक्का देखिन्थिन्।

तेजाबले पनि जलाउन नसकेको आफ्नो मुस्कान छर्दै मुस्कानले राष्ट्रिय युवा सम्मेलनका सहभागीहरूलाई आफ्नो संघर्ष र साहसको कथा सुनाइन् :

प्रकाशित मिति: : 2020-01-22 06:58:28

प्रतिकृया दिनुहोस्