दामनको रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु (मृतकको नामावलीसहित)

मृत्यु हुनेमा भारत केरलाका २८ वर्षीय रन्जित कप, ३४ वर्षीया ईन्द्र, ३७ वर्षीय प्रबिण, ३२ वर्षीय सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशणव र ९ वर्षीया बन्द्रा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको दामनस्थित एक रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ ।

मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए। घटनाको जानकारी पाउने वितिकै जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको टोलीले ३ लाई मृत्य घोषणा गरेको थियो भने ५ जनालाई  उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल पठाएको थियो।

‘उपचारमा ल्याइएकामध्ये पाँचको मृत्यु भइसकेको बुझिएको छ,’ अस्पताललाई उद्धृत गर्दै प्रहरी स्रोतले बतायाे। अन्य तीनलाई लिन पुनस् हेलिकप्टर गएको थियो। उनीहरूलाई अस्पताल ल्याउनसाथ मृत घोषणा गरिएको थियो।

मृत्यु हुनेमा भारत केरलाका २८ वर्षीय रन्जित कप, ३४ वर्षीया ईन्द्र, ३७ वर्षीय प्रबिण, ३२ वर्षीय सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशणव र ९ वर्षीया बन्द्रा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए। तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए। दुई कोठा लिएर बसेका भारतीय पर्यटकलाई बिहान बेहोस अवस्थामा फेला पारिएको हो। उनीहरू भारतको केरला प्रदेशकाे भएको बुझिएको छ। 

चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। कोठमा भेन्टिलेटर नहुँदा उनीहरु बेहोस भएको हुनसक्ने  प्रहरीको आशंका छ। यद्यपि, यसको पुष्टि हुन बाँकी छ।

प्रकाशित मिति: : 2020-01-22 00:56:51

प्रतिकृया दिनुहोस्