शाही पदवी खोसिइने क्रममा रहेकी बेलायती राजकुमारी मेघनलाई दिन प्रस्ताव गरिएको पदवी 'मेघन, डचेस अफ ससेक्स' विवादमा तानिएको छ ।
यो पदवीले मेघन ह्यारीसँग पारपाचुके गरेकी भन्ने परम्परागत अर्थ लाग्ने कुरा उठेपछि यो नयाँ विवाद सुरू भएको हो।
यसअघि यस्तै खालको पदवी पारपाचुके गरेका राजपरिवारका दुई सदस्यलाई दिइएको थियो । युवराज चार्ल्ससँग पारपाचुके गरेकी युवराज्ञी डायनालाई 'डायना, प्रिन्सेस अफ वेल्स' को पदवी दिइएको थियो भने राजुकमार एन्ड्युसँग पारपाचुके गरेकी राजुकमारी साराहलाई 'साराह, डचेस अफ योर्क' भनेर सम्बोधन गरिदै आइएको छ।
यसअघि हर रोयल हाइनेस भनिदै आएकी मेघानलाई 'मेघान, डचेस अफ ससेक्स' को पदवि दिइने दरवारले घोषणा गरेको थियो । तर, यो पदवि पारपाचुके भैसकेका डायना र साराहले पाएजस्तै भएकाले मेघानका लागि अर्को जुराउन दरवारका उच्च पदस्थ पदाधिकारी लागेको बताइएको छ ।
यसअघि हिज रोयल हाइनेस ह्यारी भनिदै आएका राजकुमार ह्यारीलाई भने 'ह्यारी, ड्युक अफ ससेक्स' को पदवी प्रस्तावित थियो । तर, अब उनको पदवी पनि मेघानलाई जुराइने पदवीसँगै संगति मिलाएर दिइने अनुमान गरिदैछ ।