अमेरिकाको टेक्सासमा गोली चल्दा दुई मारिए

अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राती भएको एक गोलीकाण्डमा दुई व्यक्ति मारिनुका साथै अन्य पाँच घाइते भएका छन्।

सञ्चार माध्यमलाई बताएअनुसार व्यक्तिहरूको समूहबीच भएको झगडामा एकजना व्यक्तिले बन्दुक निकालेर गोली हान्न शुरु गरेका थिए।

विवाद शुरु भएपछि नै परिस्थिति जटिल बनेको र प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले  बताए।
 

प्रकाशित मिति: : 2020-01-21 20:09:49

प्रतिकृया दिनुहोस्