देशभरीकै मौसम बिस्तारै खुल्दै, काठमाडौं आसपासमा लागेको हुस्सु ९ बजेसम्ममा हट्ने

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुँदै गइहेको छ। देशभर आंशिक देखि सामान्य बदली भई १/२ स्थानहरुमा वर्षारहिमपात भईरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन्। 

उनका अनुसार शुक्रबार र बिहीबार देशभरी कै मौसम बदलीसँगै वर्षा र हिमपात गराएको प्रणाली कमजोर बन्दै गएकाले शनिबारदेखि मौसम खुल्दै जाने छ।   शनिबार एकैछिन पानी परेर रोकिने उनले बताइन्।

अहिले देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली भई धेरै ठाउँमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ। काठमाडौं आसपास पहाडी क्षेत्रमा लागेको हुस्सु ९ बजेसम्ममा हटे पनि तराईमा लागेको हुस्सु हट्न समय लाग्ने मौसमविद् कँडेलको अनुमान छ।

गएको २४ घण्टामा देशभरी नै पानी परेको छ। सबैभन्दा धेरै वीरेन्द्रनगरमा ६० मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको साथै  केहि उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातका सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्नु सर्वसाधारणहरुलाई अनुरोध गरिएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ ४ गते (शनिबार) 
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी  तथा तराई भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः   देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा आंशिक बदलि भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

माघ ५ गते (आइतबार) 
दिउँसो : देशभर सामान्यतया सफा देखि आंशिक बदली भई  पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ।

रातीः   देशभर सामान्यतया सफा देखि आंशिक बदली भई  पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ।

माघ ६ गते (सोमबार) 
दिउँसो : देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ।

रातीः   देशभर आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ।

प्रकाशित मिति: : 2020-01-18 19:48:13

प्रतिकृया दिनुहोस्