काश्मिरमा हिमपहिरो, एक नेपालीसहित पाँच भारतीय सेनाको मृत्यु

काश्मिरमा गएको हिमपहिरोमा परी एक नेपालीसहित पाँच भारतीय सेनाको मृत्यु भएको छ।  लगातार परेको हिमपातका कारण हिमपहिरो जाँदा उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको छ। 

हिमपहिरोमा मृत्यु हुनेमा नेपाली सैनिक जवान लक्ष्मण बिसी रहेको पनि सेनाले जनाएको छ। त्यस्तै मृत्यु अन्य सेनाहरुमा रामेश्वर कुमार, पुरुषोत्तम लाल चन्दबधन ,चौरसीया र रञ्जित सिंहको रहेका छन्। 

भारतका थल सेना प्रमुखमनोज मुकन्द नरवडेले मृतक सेना प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।  हिमपहिरोमा परेर धेरै स्थानीयको पनि मृत्यु भएको पनि सेनाले जानकारी दिएको छ। कति स्थानीयहरुको मृत्यु भयो भन्ने संख्या भने खुलाइएको छैन्। 
 

प्रकाशित मिति: : 2020-01-17 17:55:04

प्रतिकृया दिनुहोस्