'अण्डा-फण्डा' मा प्रियंका, गसिप हैन, पेज-थ्री-जर्नालिज्म !

टकिङ पोइन्ट सकिएपछि सेलिब्रेटी- चर्चा सकिन्छ। तर, उनीहरूको चर्चाको भोक सकिएको हुँदैन, बरू उल्टै चर्चित हुने रोग लागिसकेको हुन्छ। त्यसपछि चर्चामा आउन उनीहरू आफूलाई अण्डाले हान्न लगाउनेसम्मका फण्डामा उत्रन्छन्। 

पेज थ्री जर्नालिज्ममा हलिउड फण्डा भनिने एक किसिमको डक्ट्रिन नै हो यो। नेपालको मूलधारको चलचित्र उद्योगलाई कलिउड न्वारान गरेर बलिउडको मात्र हैन, हलिउडकोसम्म सपना सजाउने नेपाली सेलिब्रेटी पनि यस मेसोमा कम छैनन्। 

त्यसमा पनि अमेरिकाको नर्थ अलावामास्थित युनिभर्सिटी अफ नर्थ अलावाबाट सिनेमामा ग्राजुयसन गरेको रेजुमी भएकी प्रियंका कार्की यो अण्डा फण्डामा अब्बल छिन्। उनी सिनेमामा काम गरेर त्यसले धानुञजेल त्यसैको चर्चामा हुन्छिन्। त्यसले धान्न छोेडेपछि आफ्नो मेन्टेन्ड शरीरलाई स्वतन्त्र छोडी दिन्छिन् या गर्मी छ भने स्विमिङ पुलतिर लगेर भए पनि ब्याकग्राउण्डले मागेको फोटो सेसन गराउँछिन्। स्विमिङ पुल नै ब्याकग्राउण्ड बनाएपछि बख्खु लगाउँ भन्नु पनि भएन। कथाले मागेको हैन, मगाइएको हो भन्यो भने फ्यान नाममा अरिंगालहरू जाई लागिहाल्छन्।

पछिल्लो समय प्रियंका नेपाली चलचित्रमा देखिन छोडेकी छिन् । किन ? त्यसमा चलचित्रमा एउटा संकथन छ, चल्नेहरूकै हो चलचित्र, नचलेपछि बनाइदिन्छ अलपत्र। प्रियंकको समस्या पनि पछिल्लोपटक त्यही हो।

शायद नचलेरै होला, चलचित्रमा लिन छोडिएपछि प्रियंकाको चर्चा पनि हुन छोड्यो। त्यसपछि उनी फेरि कहिले स्विमिङ पुलतिर जान थानिन्, कहिले फियान्सेसँग डान्स पार्टीतिर गएर पृष्ठभूमि र कथा बनाउन थालिन्। त्यसपछि पृष्ठभूमिअनुसार कथाले मागेको बताएर फोटो शेसन गर्न थालिन् । बाँकि स्कप नै नभएपछि त्यसमा पनि नयाँपन रहेन।

अब उनी चरम फ्रस्टेसनको चरणमा पुगेजस्तो देखिन्छ। यही क्रममा उनी यस्तै अवस्थाबाट गुज्रिएका संगीहरूलाई लिएर थाइल्या्ण पुगेकी छिन्। समुद्रतटमा पुगेपछि पृष्ठभूमीले नै कपडा खोल्ने अनुमति दिन्छ, त्यही अनुमति लिएर प्रियंकाले आफूलाई छताछुल्ल पारेकी छिन्।

पश्चिमा समाजमा विवाह गर्न लागेको केटाले ब्याचलर जीवनको अन्तको घोषणा गर्न ब्याचलर पार्टी आयोजना गर्ने चलन छ। तर, अब यो केटाको मात्र पार्टी रहेन, केटीको लागि पनि ब्याचलर पार्टी आयोजना गर्न थालिएको छ। 

प्रियंकाको जीवनमा आएको यो यो ब्याचलर पार्टी  न पहिलो हो, न नौलो। यसअघि सन् २०१० मै रोचक मैनालीसँग प्रेमविवाह गरेकी उनले सबै खालका पार्टी, उत्सव सकाइसकेकी छन्। अब हुने यी सबै कर्महरू ती पुरानासँग या त तुलना हुने वा तिनैलाई 'मिस' गर्ने परिघटना मात्र हुने हुन् ।

कथालाई माग्न लगाउन थाइल्याण्ड पुगेका यी 'बुक'हरूले पनि अब कसको विवाह हुँदैछ ? भन्ने प्रश्न छोडेर आफ्नो टुपीस प्रदर्शनलाई ब्याचलर पार्टी नै भनेका छन्। धेरैले अनुमान गरेका छन्, यो प्रियंकाकै व्याचलर पार्टी हो। 

किनकि, अब उनका लागि अरू पार्टीहरूको अर्थ सकिदैछ। सिनेमाको ओरालिदो ग्राफले त्यसको संकेत मात्र हैन, तथ्य नै प्रस्तुत गरेको छ।

त्यसो त प्रियंकाको जीवनमा आएको यो यो ब्याचलर पार्टी  न पहिलो हो, न नौलो। यसअघि सन् २०१० मै रोचक मैनालीसँग प्रेमविवाह गरेकी उनले सबै खालका पार्टी, उत्सव सकाइसकेकी छन्। अब हुने यी सबै कर्महरू ती पुरानासँग या त तुलना हुने वा तिनैलाई 'मिस' गर्ने परिघटना मात्र हुने हुन् ।

तैपनि, अण्डा फण्डा न हो, प्रियंका मात्र हैन, प्रियंकाहरू गरिरहन्छन्। 

सेलिब्रेटीका गसिप बन्छन्। गसिपलाई पत्रकारिताका सिद्धान्तले समाचार मान्दैन, त्यसैले तिनीहरू मात्र पेज थ्री जर्नालिज्मका हिस्सा हुन्छन्।

 

प्रकाशित मिति: : 2020-01-17 17:44:49

प्रतिकृया दिनुहोस्