आमिर खानकी छोरी लामो समयदेखि मिशालसँग डेट गर्दै

उनले आफू बनावटी भन्दा पनि जस्तो छु, त्यस्तै देखिन खोजेको बताइन्। गत वर्ष इराले इन्स्टाग्राममा उनले एउटा तस्वीर पोस्ट गर्दै मिशालसँग दुई वर्षको सम्बन्धको खुसी मनाएकी थिइन। 

एजेन्सी

मुम्बई

फिल्म अभिनेता आमिर खानको छोरी इरा खान यति बेला मिशाल कृपलानीसँग डेट गरिरहेकी छिन्। मिशालसँगको सम्बन्धको विषयमा सोधिएको प्रश्नमा उनले आफूले कुनै कुरा लुकाउन नखोजेको स्पष्ट पारेकी छिन्। 

इराले केही दिनअघि मात्र इन्स्टाग्राममा आफ्नो प्रेमी मिशालसँग खिचिएको तस्वीर शेयर गरेकी थिइन। इराले सधै मिशालसँगको सम्बन्धको विषयलाई स्पष्ट पार्दै आइरहेकी छिन्। 

उनी भन्छिन्, ‘मैले आफ्नो सम्बन्धको विषयमा कसैलाई ढाटेको छैन। म त्यही तस्वीर पोस्ट गर्दैछु, जुन मलाई पोस्ट गर्न उचित लाग्छ।’

उनले आफू बनावटी भन्दा पनि जस्तो छु, त्यस्तै देखिन खोजेको बताइन्। गत वर्ष इराले इन्स्टाग्राममा उनले एउटा तस्वीर पोस्ट गर्दै मिशालसँग दुई वर्षको सम्बन्धको खुसी मनाएकी थिइन। 

इरा प्रायः पार्टीहरूमा देखिने गर्छिन्। यस विषयमा सोधिएको प्रश्नमा उनले आफू पार्टी एनिमल नभएको बताइन्। उनले अहिले आफू काममा दत्तचित्त भएर लागेको जानकारी दिएकी थिइन। 

प्रकाशित मिति: : 2020-01-17 14:14:05

प्रतिकृया दिनुहोस्