बीसीसीआईको करारमा २७ खेलाडीलाई सामेल, धोनीको नाम परेन

बिएल संवाददाता

काठमाडाै‌ं

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नयाँ वर्षको करारमा २७ खेलाडीलाई सामेल गरेको छ। बीसीसीआईले हरेक वर्ष खेलाडीहरुको करार घोषणा गर्दछ। यो करार अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्म लागू हुन्छ। तर यसमा पूर्व कप्तान महेन्द्र सिंह धोनीको नाम छैन।

बीसीसीआईले ए प्लस, ए, बी र सी गरेर चार ग्रेडमा खेलाडीहरु विभाजन गरेको छ।

ए प्लस करारमा कप्तान विराट कोहलीसँगै रोहित शर्मा र जसप्रित बुमराह छन्। यस करारमा खेलाडीले वार्षिक ७ करोड भारु प्राप्त गर्छन्।

ए ग्रेड करारमा ११ खेलाडी सामेल छन्। जसमा भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिन्का रहाणे, केएल राहुल, शिखर धवन, रविचन्द्रन आश्विन, रवीन्द्र जडेजा,मोहम्मद शामी, ईशान्त शर्मा, कुलदीप यादव र ऋषभ पन्त छन्। यस करारमा खेलाडीहरुले वार्षिक ५ करोड भारु प्राप्त गर्छन्।

बी ग्रेड करारमा ५ खेलाडी सामेल छन्। जसमा हार्दिक पान्ड्या, ऋद्धिमान साह, उमेश यादव, युजवेन्द्र चहल र मयङ्क अग्रवाल छन्। यस करारमा खेलाडीहरुले वार्षिक ३ करोड भारु प्राप्त गर्छन्।

सी ग्रेड करारमा ८ खेलाडी सामेल छन्। जसमा मनीष पाण्डे, हनुमा विहारी, शार्दुल ठाकुर,केदार जाधव, नवदीप सैनी, दीपक चाहर, श्रेयस एयर र वासिङ्टन सुन्दर रहेका छन्। यस करारमा खेलाडीहरुले वार्षिक १ करोड भारु प्राप्त गर्छन्।

प्रकाशित मिति: : 2020-01-16 22:05:36

प्रतिकृया दिनुहोस्