‘सत्ता अन्धो हुने खतरा सधैँ हुन्छ’

‘हामीले नै प्रधानमन्त्रीजीलाई सर्वसम्मत नेता बनाएका हौँ’

काठमाडौँ । लोकतन्त्रसम्बन्धी अहिलेको संवैधानिक व्यवस्था के हो ? लोकतान्त्रिक संवैधानिक व्यवस्था कस्तो हुन्छ ? यसतर्फ हाम्रो ध्यान जानु आवश्यक छ ।

यो संविधानले व्यवस्था गरेका सबै संवैधानिक निकायले संविधानभित्रको आफ्नो कर्तव्य, दायित्वलाई इमानदारितापूर्वक बहन गरे भने लोकतन्त्रमाथि कुनै चुनौती खडा हुन सक्दैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ । अर्को कुनै तानाशाही व्यवस्था हुन सक्दैन । त्यसमा हामीले राम्ररी ध्यान दिन आवश्यक छ । हामीले निर्माण गरेका संवैधानिक निकायका काम कारबाही, संसदका काम कारबाही र सरकारका काम कारबाही तथा गति विधिप्रति नजर जान आवश्यक छ । म यसको धेरै लामो टिप्पणी र व्याख्य गर्न चाहँदिनँ । संविधानले रचना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था हो । यो बहुलवादमा आधारित छ ।

प्रकाशित मिति: : 2020-01-16 04:26:21

प्रतिकृया दिनुहोस्