वीरगंजमा थारुले मनाए भव्य रुपमा माघे सङ्क्रान्ति

परम्परा झल्कने पहिरनसहित घाटो, झम्टा

पर्साको सदरमुकाम वीरगंजलगायत ग्रामीण भेगमा आदिवासी जनजाति थारु समुदायले माघे सङ्क्रान्ति धुमधामका साथ मनाइ रहेका छन्।

बीरगंज महानगरपालिकाको आर्दशनगरस्थित स्वीमिङ्ग पूलमा माघीको अवसरमा थारु समुदायले महोत्सवको आयोजना गरेको छl उक्त महोत्सवमा थारु समुदायको परम्परा झल्कने पहिरनसहित घाटो, झम्टा गीतलगायतका संस्कृतिहरुसमेत प्रदर्शन गर्ने आयोजकले जनाएका छन।

यसका साथै थारु समूदायको परम्परागत खानाका परिकारहरु घोगीं, माछा, परेवा,हास,कुखुराको मासु, भुजा,तिल लड्डु,रामदाना इत्यादीको स्टलहरु राखिएको छ। 

केन्द्र सरकारले माघे सङ्क्रान्तिको अवसरमा सार्वजनिक बिदा नदिएता पनि प्रदेश सरकारले भने बिदाको घोषणा गरेको छ।

प्रकाशित मिति: : 2020-01-15 23:15:05

प्रतिकृया दिनुहोस्