सडक दुर्घटनामा १५ जना घाइते, दस जना बेपत्ता

तस्बिर : एजेन्सी

चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने क्विन्घाई प्रान्तमा सोमबार भएको सडक दुर्घटनामा १५ जना घाइते भएका छन् भने १० जना  बेपत्ता भएका छन्।

स्थानीय अधिकारीहरुले मंगलबार दिएको जानकारी अनुसार स्थानीय समयानुसार बेलुका ५।३० बजे नान्डाजी सडकमा एउटा सार्वजनिक बस 
तल खसेर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको र घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले बताएका छन्। घाइतेहरुको अवस्था भने साधारण रहेको जनाइएको छ।

प्रकाशित मिति: : 2020-01-14 21:47:27

प्रतिकृया दिनुहोस्