भारतमा सडक दुर्घटना हुँदा पन्ध्रको मृत्यु, २५ जना घाइते

बिएल संवाददाता

नयाँ दिल्ली
फाइल तस्बिर

 भारतको उत्तरप्रदेश राज्यमा शुक्रबार यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किदा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

मृत्यु हुनेको सनाखत भने खुलिसकेको छैन्। विपरित दिशाबाट आइरहेका यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो।

उत्तर प्रदेशको कान्नौज जिल्लाबाट राजस्थान राज्यको राजधानी जयपुरतर्फ जाँदै गरेको बससँग ट्रक ठोक्किएर आगलागी भएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन्।

प्रत्यक्षदर्शीहरुका अनुसार ट्रक चालकले उल्टो दिशामा तिव्र गतिले ट्रक चलाएका थिए। उक्त दुर्घटना भएपछि कम्तीमा दुईभन्दा बढी इन्धन ट्याङ्की विस्फोटन समेत भएका थिए।

दुर्घटनामा परि घाइते भएकाहरुको उपचार स्थानीय विभिन्न अस्पतालहरुमा भइरहेको प्रहरीले जनाएको छ। बसमा झण्डै ५० जना यात्रु रहेका एक प्रहरी अधिकारीले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2020-01-12 03:16:37

प्रतिकृया दिनुहोस्