ब्राण्ड सफल हुन ब्राण्डस्टोरी भन्नु जरूरी छः आफा अध्यक्ष रेमण्ड

एसियन फेडरेसन अफ एड्भरटाइजिङ एसोसिएसन (आफा) का अध्यक्ष रेमण्ड हङ सोले बिएल मिडियाले सुरू गरेको ब्राण्ड स्टोरीले उपभोक्ता र उत्पादकबीच पुलको काम गर्ने बताएका छन्।

‘मेरो विचारमा ब्राण्ड भनेको बजारको निकै महत्वपूर्ण अंग हो। कुनै पनि बस्तुको उत्पादन भनेको त्यसको फिजिकल पार्ट मात्र हो। ब्राण्ड भनेको उत्पादनको जीवनसँग जोडिएको हुन्छ’, बिएल नेपाली सेवासँग विशेषा कुराकानी गर्दै उनले भने, ‘यसले सबैलाई जोड्ने काम गर्छ। वास्तवमा ब्राण्डले बस्तु र उपभाेक्ताबीच पुलको काम गर्छ।’

ब्राण्डले वस्तुको भाउलाई निर्मित गर्ने बताउँदै उनले यसलाई उपभोक्ताले पहिचान गरे संवेदनशील भएर पछ्याउने दाबी गरे।

‘ब्राण्डले उत्पादनलाई जीवन्त राख्न र यसको मूल्य निर्धारण गर्न सहयोग पुर्‍याउँछ’, उनले भने।

उनले हरेक ब्राण्डको आफ्नै कथा हुने गरेकाे भन्दै यसको सहयोगले उपभोक्तासँग संवाद गर्न र जोडिन सहज हुने बताए। ‘तपाईँले आफ्नो ‘ब्राण्ड’ को कथालाई सहीढंगले उपभोक्तामाझ पस्कन सक्नु भयाे भने यसको सफलतालाई कसैले रोक्न सक्दैन’, उनले भने।

ब्राण्ड कुनै पनि उत्पादनको भावनासँग जोडिने विषय भएको भन्दै उनले ब्राण्ड स्टोरीमार्फत लगानीकर्ताले आफ्नाे ब्राण्डकाे विषयमा बताउन जरुरी भएकाे ओल्याए। उनले नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन बिएल नेपाली सेवाले सुरु गरेकाे ‘ब्राण्ड स्टाेरी’ आफैमा पृथक भएकाे बताए। 

उनले ‘ब्राण्ड स्टाेरी’ मार्फत लगानीकर्ताले आफ्नो ब्राण्डबारे उपभोक्तालाई बताउने सबैभन्दा सहज र महत्वपूर्ण माध्यम भएको तर्क गरे।

प्रकाशित मिति: : 2020-01-11 07:43:00

प्रतिकृया दिनुहोस्