अस्ट्रेलियामा जान्छ छोराछोरीको ज्यान, नेपालमा आमाबाबुको गहभरी आँसु

उखरमाउलो गर्मी छल्न पौडी खेल्न खोज्ने, सावधानी नअपनाउँदा ज्यान नै जाने

बिएल संवाददाता

सिड्नी, अस्ट्रेलिया
अस्ट्रेलियामा छोराछोरीको ज्यान जान्छ, नेपालमा आमाबाबुको गहभरी आँसु । एक प्रतिकात्मक तस्बिर ।

अस्ट्रेलियाको उखरमाउलो गर्मीको कारण ज्यान जाने नेपाली युवाको संख्या वर्षेनी बढ्दो छ ।

ज्यान गर्मीले सिधै पोर गएको हैन, उखरमाउलो गर्मी शान्त पार्न पौडी खेल्ने क्रममा डुबेर गएको हो । 

यही वर्षको पछिल्लो साता मात्र पनि तीन नेपाली यवाको ज्यान गैसकेको छ । 

ज्यान जानेमा चितवनका विशाल सेढाइ, धादिङका रोशन छत्कुल्ली र रूपेन तामाङ रहेका छन् । 

सेढाईं र छत्कुलीको सिड्नीको बेरोरा क्षेत्रमा शुक्रबार निधन भएको हो भने तामाङले अरेन्ज सहरमा विहिबार नै अलविदा भनेका हुन्।

उनीहरू तीनै जनाको गर्मी छेल्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएको हो। 

अस्ट्रेलियामा धेरै संख्यामा युवापुस्ताका नेपाली पुगेका छन्। उनीहरूमा स्विमिङ हवी भएको छ र जसले स्विमिङ आउँदैन भन्छ उसलाई लाज लाग्ने फेन्सी मेनियाले काम गरेन थालेको छ । 

त्यही मेनियाका कारण उनीहरू आफूलाई स्विमर देखाउन जानी नजानी स्विमिङ पुल, नदी र समुद्र किनारमा हाम्फाल्ने र त्यही क्रममा ज्यान नै दिने गरेका छन्।

अस्ट्रेलियन शिक्षा र पीआर लिएर उतै बस्ने सुरले अस्ट्रेलिया हानिने नेपाली युवाको संख्या केही वर्षयता थामिनसक्नु छ।

जोश बढी र होश कम भएको यो पुस्ताका कयौ सदस्यले रमाइलो गर्दागर्दै ज्यान गुमाएका छन्। 

यसो गर्दा एकातिर उनीहरूको सपनाको हत्या भरहेको छ भने अर्कोतिर नेपालमा आमाबाबुको भागमा गहभरी आँसु मात्र पर्न थालेको छ। 

छोराछोरीको 'अस्ट्रेलिया नशा'ले दिएको यो पीडाको अन्त कसरी होला ?, प्रश्न दुबै देशमा उठेको छ। तर, उत्तर कतै पनि सजिलै मिल्नेवाला छैन।

प्रकाशित मिति: : 2020-01-10 23:52:53

प्रतिकृया दिनुहोस्