१४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

सिरहा प्रहरीले बलात्कारको आरोपमा एक जना युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका – १२ ठटियाका २३ वर्षीय राकेश यादव रहेका छन्। 

२२ गते बेलुका घरमा १४ वर्षीया छोरी नदेखेर खोजतलास गर्दा केटो भागेकाले छोरीसँग सोधपुछ गर्दा करणी भएको थाहा भएपछि उजुरी आएको प्रहरीले जनाएको छ।  

पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख उमाप्रसाद चतुर्वेदीले जनाए। यादवले बालिकाको घरभन्दा करिव २ सय मिटर पर लगेर ललाई फकाइ करणी गरेको प्रहरीले जनाएको छ।


२२ गते वेलुका भएको घटना लगत्तै प्रहरीले यादवलाई पक्राउ गरेको थियो। पक्राउ परेका यादवलाई आज सार्वजनिक गरेको हो।

प्रकाशित मिति: : 2020-01-10 10:57:52

प्रतिकृया दिनुहोस्