नेपालबाट भारत छिरेका आइएसआइएसका तीन आतंकवादी दिल्लीमा पक्राउ

जमानत पाएलगत्तै नेपाल पुगेका थिए। दिल्ली पुलिसको विशेष सेलका इन्स्पेक्टर सुनील रञ्जन, रविन्द्र जोश र विनोदको टोलीले उनीहरू विरूद्ध सबै जानकारी जुटाएका थिए। 

नेपालको बाटो हुँदै भारत छिरेका आतंकवादी संगठन आइएसआइएसका तीन आतंकवादी राजधानी दिल्लीमा पक्राउ परेका छन्। उनीहरूले भारतका एक हिन्दुवादी नेता केपी सुरेश कुमारको सन् २०१४ मा हत्या गरेका थिए। उनीहरुकाे पहिचान ख्वाजा माेइनुद्धिन ५२, सैयद नवाज ३२ र अब्दुल समजकाे रुपमा गरिएकाे छ। 

हत्यापछि उनीहरू लुक्न नेपाल आएका थिए। र, केही समय नेपाल बसेर फेरि भारतको बाटो हुँदै पाकिस्तान छिर्न चाहन्थे। 

दिल्ली प्रहरीको विशेष सेलले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका तीन आतंकवादी भारतको दक्षिणी राज्य तमिलनाडुसँग जोडिएका थिए। समातिएका तीन मध्ये दुई जनाको मुद्धा अदालतमा विचाराधीन छ। उनीहरू जमानतमा छुटेका थिए। 

जमानत पाएलगत्तै नेपाल पुगेका थिए। दिल्ली पुलिसको विशेष सेलका इन्स्पेक्टर सुनील रञ्जन, रविन्द्र जोश र विनोदको टोलीले उनीहरू विरूद्ध सबै जानकारी जुटाएका थिए। 

पक्राउ परेका आतंकवादी बिहीबार वजिरावाद क्षेत्रमा थिए। उनीहरूबाट प्रहरीले पेस्तोल पनि बरामद गरेको बताएको छ। 

समातिएका तीन जनै आतंकवादी दिल्लीमा हुन लागेको विधानसभा निर्वाचन अगाडि ठूलै दूर्घटना निम्त्याउने योजनामा भएको बताइएको छ। 
 

प्रकाशित मिति: : 2020-01-10 09:42:53

प्रतिकृया दिनुहोस्