नआवोस् कसैको पनि टाउकाको मोल लगाउने दिन !
केही समययता नेपालबाट निरन्तर अप्रिय घटना सुनिरहें। घटनाले आफूले संगत गरेका र दु:ख-सुख बाँढेका केही मित्र र आफन्त गुमाउनुसँग सम्बन्धित थिए। मित्र दीपक क्षेत्री बितेको केही दिनमै साथी/आफन्त केशव भट्टराईले छोडेर गयो। त्यसलगत्तै अर्को मित्र सुक गुरूङले पनि अलविदा भन्यो। चलचित्र र संगीत क्षेत्रमा ठूलो योगदान दिएका यी तीनैसँग मेरा एक हैन, अनेक सम्झना छन्।
असामयिक रूपमा उनीहरूले जीवन र आफूले मित्र गुमाउनु पर्दा डरलाग्दो रहेछ। खासगरी समकालिन मित्र गुमाउँदा जीवनलाई सोच्ने र सम्झने कुरा नै फरक पर्दोरहेछ। आखिर मन न हो।
त्यसअघि नोभेम्बर महिनाको दोस्रो साता मेरो सिंगो परिवार भयानक कार दुर्घटनाबाट गुज्रियो। गाडी हाकिरहेको थिएँ, एउटा 'क्रेजी ह्वाइट'ले रङसाइटबाट गाडी ल्याएर मेरो गाडीलाई सिधै अगाडिबाट हान्यो। हामी मुस्किलले बाँच्यौ, मृत्यु हाम्रो नजिकैबाट हाँस्दै गयो।
कहिलेकाँही आमा भन्छिन्, 'भगवानसँग एउटै कुरा मागेको छु, छोराहरूभन्दा हामी पहिला जाउँ।' शायद आमाको यही प्रार्थनाले काम गरेर होला, दोस्रो जीवन पाएर तंग्रिदै छु। शरीर त लगभग तंग्रिसक्यो, मन तङ्ग्रिन समय लाग्ने रहेछ। कापा कापा चिमोटेर तन्तु जगाउँदैछु। ढिलो चाँडो त्यो पनि होला नै।
आफ्नो दुर्घटनाको खबर मनले खाएका धेरैमा पाँचजनालाई सुनाएँ होला, त्योभन्दा बढीलाई सुनाएर विचरा बन्न मन लागेन। दु:ख त त्यतिबेला लाग्यो, जतिबेला यो खबर आमाबाबुलाई पनि सुनाउन सकिन। लाग्यो, नब्बे नाघेका बाबुआमालाई छोडेर खुशी दिन नसकेको मसँग उनीहरूलाई दु:खी बनाउने अधिकार पनि छैन।
यी समाचार हैनन्, अनुभूति हुन्। यस्ता अनुभूति साट्दा कसैको मन छुन सक्छ, कसैले पाठ लिन सक्छ। त्यो नभए पनि साट्नेले हलुको महसुस गर्न सक्छ।
यसका लागि हरेक मनलाई सिटिजन जर्नालिज्मले जोगाउँछ, त्यसले पनि काम नगरे ई-ब्लगिङ त छँदैछ। बुझ्नेले छुट देलान्, बुझ्न चाहनेले गुगलिङ गरेर भए पनि यो छुटको अर्थ बुझ्लान्। नबुझ्नेसँग त के लाग्छ र ?, फेरि पनि भन्लान्, अर्को एउटा गन्थन लेखे छ। गन्थनै सही, त्यो लेख्न पनि अनभूति गर्न सक्ने मन त चाहिन्छ।
जीवन भनेकै यस्तै अध्याय अध्यायमा बाँडिएको गन्थन त रहेछ, भनुन् भन्नेहरूले। के नै गर्न सकिन्छ र? मेरो बुबा भन्नुहुन्छ, बोले भैहाल्यो जिब्रोलाई ठेस लाग्दैन।
यसमा मैले थप्ने गरेको छु, समयको पाराडाइम परिवर्तन भएको छ, जिब्रोमा ठेस लगाउनेको बन्ध्याकरण गर्न सकिदैन।
यस बीचमा नयाँ वर्ष २०२० आयो। मन सिएर बाँचिरहेको बेला आएको नयाँ वर्षले खासै खुशी ल्याएन। त्यही बीचमा एकजना भूतपूर्व पत्रकारका रूपमा ई-ब्लगिङ गरें । केही लेख्नु केही गुमाउनु हो मेरो लागि। यो पुरानो रोग बल्झिदा फेरि केही साथी गुमाएँ।
मेरो बुबा भन्नुहुन्छ, बोले भैहाल्यो जिब्रोलाई ठेस लाग्दैन। यसमा मैले थप्ने गरेको छु, समयको पाराडाइम परिवर्तन भएको छ, जिब्रोमा ठेस लगाउनेको बन्ध्याकरण गर्न सकिदैन।
पहिलोपटक गुमाएको भए पो हिसाब गर्नु। धेरैपटक गुमाइसकेकाले खासै हिसाब पनि गरिँन। बरू छोरोको ग्रेड सम्झें, सात। उसले हाइस्कूल ग्राजुयसन गर्न अझै पाँच वर्ष रहेछ । सोसल सेक्युरिटीको अंक सम्झें २५ मात्र पुगेछ, ४० पुर्याउँन अझै १५ बाँकि रहेछ। अमेरिकी नै हुनुपर्ने हो कि भनेर हिसाब पनि गरें अझै पाँच वर्ष पुग्न दुई वर्ष रहेछ। अन्तिममा रिटायरमेन्टको बारेमा पनि सम्झें अझै १३ वर्ष त सिंगै रहेछ।
यी सबैमध्ये पहिलो विकल्पमा गएँ। पाँच वर्षपछि छोरोको ग्राजुयसन। त्यसपछि नेपाल। श्रीमतीलाई योजना सुनाएँ, उनले भनिन- 'भोलिको निर्णय गर्न नसकिने देशमा हुनुहुन्छ, पाँच वर्षपछिको योजना बनाएर हुन्छ?'
उनको कुरा पनि ठीकै लाग्यो।
पहिला बाहिर आक्रमण गर्दा अमेरिकाको मुड अर्कै हुन्थ्यो। राष्ट्रपतिको लोकप्रियताको ग्राफ एक्कासी माथि चढ्थ्यो। त्यही ग्राफले आसन्न चुनाव पनि पार लगाउँथ्यो । तर, यसपटक त्यस्तो मुडमा आएन अमेरिका । खै किन हो ?, त्यसको उत्तरको खोजी हुँदै होला ।
यतिकैमा सीएनएन लगाएँ। राष्ट्रपति ट्रम्प राष्ट्रका नाममा सम्बोधन गर्दैरहेछन्।
इरानी कमान्डर सिध्याएर २०२० आफ्नो पक्षमा पार्छु भनेका उनको हिसाब किताब मिलेन कि क्या हो, निन्याउँरो स्वरमा भनिरहेका थिएँ, 'शान्तिपूर्ण कूटनीति ।'
पहिला बाहिर आक्रमण गर्दा अमेरिकाको मुड अर्कै हुन्थ्यो। राष्ट्रपतिको लोकप्रियताको ग्राफ एक्कासी माथि चढ्थ्यो। त्यही ग्राफले आसन्न चुनाव पनि पार लगाउँथ्यो । तर, यसपटक त्यस्तो मुडमा आएन अमेरिका । खै किन हो ?, त्यसको उत्तरको खोजी हुँदै होला ।
यतिसम्म कि आफ्नो राष्ट्रपतिको टाउकोको मोल ८० मिलियन डलर लगाउँदा पनि अमेरिका र अमेरिकी जनता त्यति गम्भीर देखिएनन् यसपालि।
अमेरिकी राष्ट्रपति ट्रम्पको शरीरको भाषाले पनि त्यही छनक दिइरहेको थियो।
कुनै बेला प्रचण्डको टाउकोको मोल लगाइएको थियो नेपालमा। टाउकोको मोल लगाइएको देशबाट आएको मान्छे यहाँ पनि फेरि टाउकाकै मोल लगाइएको सुन्नुपर्यो। मलाई टाउकोको मोल लगाउने कुरा अमानवीय लाग्छ। यसलाई सभ्यताको चरम खिल्ली सम्झन्छु म।
म शान्तिमा विश्वास गर्छु तर मूर्दा शान्ति भने हैन। जे भए पनि कसैको पनि टाउकाको मोल लगाउने प्रवृतिको निन्दा गर्छु।
टाउकाको मोल लगाउने कुराले मलाई २०३६ सालतिर पुर्याउँछ । त्यतिबेला म मेरै जन्मगाउँ ताप्लेजुङको तेल्लोकमा कक्षा ७ मा पढ्थें ।
कक्षा ७ मा महेन्द्रमाला भन्ने किताव हुन्थ्यो घटराज भट्टराईले लेखेको/सम्पादन गरेको। त्यसको आवरणमा राजा महेन्द्रको तस्बिर हुन्थ्यो। शायद त्यसैले त्यसको नाम पनि महेन्द्रमाला भएको। त्यसको तेस्रो पाठ थियो, 'टाउकाको मोल'। शायद पृष्ठ ८ मा थियो त्यो दन्त्यकथा।
त्यसमा अमरवुद्धि नाम गरेका राजाको एक सुखी राज्य हुन्छ। जहाँ मान्छे नमर्दा मशानहरूको अनिकाल चल्छ। त्यो अनिकाल टार्न महामशानकोमा बैठक बस्छ । बैठकमा राजालाई एउटा खप्पर लगेर त्यसको मोल भन्न भनिन्छ। शर्त हुन्छ, टाउकोको मोल नबताए त्यो राज्य मशान राज्यमा परिणत हुन्छ।
सानोमा यसरी टाउको मोल चार पैसादेखि एक लाख सम्म सुनेको थिएँ। त्यो समाजलाई ज्ञान दिनका लागि बनाइएको दन्त्यकथा थियो । तर, अहिले त्यस्तो हैन, अमानवीयताको पराकाष्टामा टाउकोको मोल तोकिदैछ। संसार सुन्दर हुँदै गएको हो कि कुरूप ? खै के भन्ने ?, यसै भन्न सकिएन ।
राज्यमा हाहाकार मच्चिन्छ, सबैको ओठमुख सुक्न थाल्छ। टाउको मोल बताउने म्याद गुज्रन लागेको बेला एकजना वृद्ध बाहुनले आफूलाई जिउँदै गाड्न भन्छन्। उनको इच्छाअनुसार गाडेपछि त्यहाँ राति मशानको सभा बस्छ। त्यही सभामा आफ्नी कान्छी छोरीको जिद्दी टार्न नसकेर महामशान नै त्यसको उत्तर बताउन बाध्य हुन्छन।चितामा रहेका वृद्ध बाहुन राजाको दरवारमा गएर टाउकाको मोल बताइदिन्छन् र त्यो राज्यको सुख बचाउँछन्।
त्यसमा भनिएको हुन्छ, एउटा सिन्का लिनु। त्यो सिन्का टाउकोको एउटा कानबाट हाल्दा अर्कोतिर निस्क्यो भने त्यो टाउकोको मोल चार पैसा हुन्छ। मुखतिर निस्क्यो भने एक हजार हुन्छ । चिरिएर एक टुक्रा मुखतिर र अर्को टुक्रा घाँटीतिर निस्क्यो भने त्यसको मूल्य लाख हुन्छ।
कुरा स्पष्ट छ, चार पैसे टाउको त्यो हो जुन एकातिरको कानले सुनेको कुरा अर्कातिर उडाइदिन्छ। हजारे टाउको त्यो हो जो सुनेको कुरा नराखी सबै ओकल्छ। लाखे टाउको त्यो हो जो सुनेको कुरा चाहिएअनुसार राख्छ,बोल्छ। त्यतिबेला लाख नै ठूलो थियो । म पनि आफ्नो टाउकोलाई लाखे बनाउनुपर्छ भन्ने ठान्थें र त्यसका लागि प्रयत्न गरिरहन्थे। आजपर्यन्त त्यो प्रयत्न जारी छ तर कति सकें, त्यो मलाई संगत गर्ने र भोग्नेहरूले नै बताउलान्।
हुन त त्यो टाउको मोल वास्तविक थिएन, समाजलाई ज्ञान दिनका लागि बनाइएको दन्त्यकथा थियो।
तर, अहिलेको कुरा फरक छ। यो त साँच्चै बदलाका लागि तोकिएको टाउकोको मोल हो। यसले त अमानवीयताको पनि पराकाष्टाको संकेत गर्छ, सन्देश दिन्छ।
यो सुनेर म मनमनै आफैंलाई प्रश्न गरिरहेको छु- संसार सुन्दर हुँदै गएको हो कि कुरूप?
खै के भन्ने ?,मैले त छुट्याउनै सकिनँ, तपाईं सक्नुहुन्छ कि ?