भवानीपुरका ६० दलित तथा विपन्न परिवारलाई कम्बल वितरण

वुमन्स क्रिएशन तथा फोरजीआर फर गुड रिजन नामक समूहको समन्वयमा मंगलबार वीरगञ्ज १८ भवानीपुरका ६० दलित तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ। 

समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत चिसोमा दलित विपन्न परिवारलाई चिसोबाट जोगिन सहयोग गर्ने अभिप्रायले कम्बल वितरण गरिएको थियो। समूहले आवश्यकता अनुसार वीरगञ्जका अन्य ठाँउमा पनि कम्बल वितरण गर्दै जाने समूहकी नूतन सरावगी बताईन्। 

वडा अध्यक्ष ब्रहम देव राउत कुर्मीको अध्यक्षता तथा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साह, वुमन क्रिएशनकी स्वेता पटवारी, व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलीपराज कार्की, अभियंता सम्साद अलिको सहभागिता थियो। 

तराईमा चिसोको समयमा विभिन्न संघ संस्था र दाताहरुले कम्बल वितरण गरेपछि गरीब तथा विपन्न परीवारलाई अहिले राहत भएको छ।
 

प्रकाशित मिति: : 2020-01-08 06:36:23

प्रतिकृया दिनुहोस्