संसारभरका पर्यटकलाई आकर्षण गर्नसक्ने लुम्बिनीसहितका प्रमुख पर्यटकीय स्थल प्रदेश ५ भित्र छन्।
बुद्ध जन्मस्थल लुम्बिनीदेखि ३ हजार वर्षभन्दा पुरानो सभ्यता बोकेको तिलौराकोट क्षेत्र, बुद्धको एकमात्र अस्तुधातु रहेको रामग्रामस्तुपादेखि पशुपतिनाथ मन्दिरजत्तिकै पुराना अवशेष रहेको स्वर्गद्वारी मन्दिर, रेसुङ्गा, रुरु क्षेत्र, पर्रोहा परमेश्वर बोलबमधाम यही प्रदेशमा रहेका छन्।