झण्डै २५ वर्षदेखि चर्चामा रहेको मेलम्ची खानेपानी पर्खिंदा पर्खिंदै काठमाडौंवासीको आँखा टट्टाइसके । तैपनि मेलम्चीको पानी अझै काठमाडौंका धारामा झरेको छैन ।
मेलम्चीले नमेटाएको तिर्खा अहिले काठमाडौंबासीहरुले आसपासका सानातिना खोलानालाबाट पूरा गरिरहेका छन् । ती स्रोतमा उपलब्ध पानी ट्यांकरमा ढुवानी गरिन्छ ।