सिन्धुपाल्चोक हेलम्बुकी कुमारी लामा सात वर्षको हुँदा बायाँ आँखामा आनो आयो । उनका बुबाले आनो निचोरेर मल्हम लगाइदिए ।
दायाँ आँखामा पनि आनो सर्ने डरले मल्हम लगाइदिए । तर, त्यही मल्हम कुमारीका लागि अभिशाप बन्यो । दुवै आँखाको ज्योति गुम्यो ।