यस्ताे छ आजकाे विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा रहेको छ।  

यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२८ रुपैयाँ २० पैसा रहेको छ। यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५० रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ रुपैयाँ ०८ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ।  
 

प्रकाशित मिति: : 2020-01-05 21:30:50

प्रतिकृया दिनुहोस्