ब्याडमिन्टन स्टार ज्वाला गुट्टाको फेरि ‘लभ अफेयर’

भारतीय ब्याडमिन्टन स्टार ज्वाला गुटटा बिन्दास बयान बाजीका लागि चर्चित छिन। हाल उनी नयाँ वर्ष मनाउने क्रममा फेरि चर्चामा आएकी छिन। ज्वालाले सोशल मिडियामा सार्वजनिक गरेको एउटा तस्बीरले उनी कसैसँग डेटमा रहेको स्पष्ट पारेको छ। 

उनले सार्वजनिक गरेको फोटोमा दक्षिण भारतका अभिनेता विष्णु विशाल छन। दुवै जना मिलेर नयाँ वर्ष रमाइलोसँग मनाएका थिए। ज्वालाले विष्णुलाई टयाग गरेको फोटोमा भनेकी छिन, ‘बेबी, हयाप्पी न्यु ईयर।’

ज्वालाको यो पोस्टपछि धेरैले उनीहरू बीच सम्बन्ध रहेको आशंका गरेका थिए। विष्णु तमिल कलाकार हुन। उनी फिल्म निर्देशन पनि गर्छन। उनले केही वर्ष क्रिकेट पनि खेले।

 उनी टीएनसीएमा क्रिकेट खेल्थे। खुट्टामा चोट लागेपछि उनको क्रिकेट करिअर समाप्त भएको थियो। यसपछि उनी फिल्ममा मोडिएका थिए। 

 विष्णुको फिल्मी करिअर सन २००९ देखि सुरु भएको हो। उनले २०११ मा रजनी नटराजनसँग विवाह गरेका थिए। तर, २०१८ मा पारपाचुके भयो। 

ज्वाल गुट्टाले पनि विवाह गरिसकेकी छिन। उनको ब्याडमिन्टन खेलाडी चेतन आनन्दसँग विवाह भएको थियो। तर, उनीहरू पनि अलग भइसकेका छन। 

प्रकाशित मिति: : 2020-01-05 05:35:32

प्रतिकृया दिनुहोस्