फौजमा १४,६२९ महिला : देशका तीनवटै फौजी निकायको नेतृत्वमा दाबी गर्ने हैसियतमा पुग्दै छन् महिला

नेपाल प्रहरीमा विशिष्ट श्रेणीमा पुग्न महिलालाई ६३ वर्ष लाग्यो । गत वर्ष प्राविधिक सेवा (स्वास्थ्य)बाट डा. दुर्गा थापाले प्रहरीको पहिलो एआइजीको रेकर्ड आफ्नो नाममा लेखाइन् । तर, अब प्रहरीका उच्च पदमा पुग्न वर्षौँ कुर्नुपर्ने अवस्था छैन । डा. थापाको अवकाशलगत्तै प्रहरीले दोस्रो महिला एआइजी पाउँदै छ । केही दिनअघि मात्रै डिआइजी डा. आशा सिंहलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको छ । प्राविधिक मात्र होइन, प्रशासनतर्फका उच्च पदमा पनि महिलाको संख्या बढेको छ । हाल नेपाल प्रहरीमा चारजना महिला एसएसपी छन् । 

प्रकाशित मिति: : 2020-01-04 22:04:08

प्रतिकृया दिनुहोस्