त्रिभुवन विमानस्थलबाट २ किलो सुनसहित २ भारतीय नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुरेशलाल भारत र नविन गोपिचन्द्र रहेका छन्।

युएईको सार्जाबाट एयर अरेवियाबाट काठमाडौं आएका उनीहरुलाई विमानस्थल प्रहरी र महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट प्रहरीले ६ वटा क्याप्सुल जस्तो देखिने वस्तु बरामद गरेको छ। उक्त क्याप्सुल जाँच गर्दा सुन पत्ता लागेको प्रहरीले जनाएको छ।

हिजो मात्रै प्रहरीले १ किलो सुनसहित कासिव मोहम्मद र नयाँ दिल्ली हुँदै काठमाडौं आएका मुस्राफिन मोहम्मदलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट प्रहरीले ४ वटा बेसारको प्याकेटमा सुन बरामद गरेको थियो।

यसअघि स्याम्पुको बोत्तल, मलद्वारमा हालेर, फल्स बटम बनाएर सुन तस्करी हुँदै आएको थियो।

प्रकाशित मिति: : 2020-01-04 03:06:35

प्रतिकृया दिनुहोस्