‘कैले भेट्ने खै २’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

युट्युबमा हेर्ने दर्शकका लागि लक्षित गरिने गीतहरुमा अचेल संवाद र कथाले प्राथमिकता पाइरहेको छ। अल्मोडा राना उप्रेतीको शब्द, संगीत र स्वरको रहेको गीत ‘कैले भेट्ने खै’ खुबै चर्चित भएको थियो। यो गितका थुप्रै कभर भिडियोहरु बनेका थिए। 

‘कैले भेट्ने खै २’ मा पनि यही शैली अपनाइएको छ। अघिल्लो गीतजस्तै सिक्वललाई पनि छोटो समयमै स्रोताहरुले मन पराएका छन्। 

‘कैले भेट्ने खै २’ युट्युब ट्रेन्डिङको पहिलो स्थान ओगट्न सफल भएको छ।‘न्यास्रो’ शीर्षकको यो गीतको भिडियोमा नाजिर हुसेन, शिल्पा मास्के र विकास लामिछानेको अभिनय छ।

वर्ष २०१९ को डिसेम्बर २९ मा अपलोड गरिएको भिडियोलाई राम कुमार केसीले भिडियो खिचेका छन् भने मनोज बस्नेतले निर्देशन गरेका हुन्।

युवा पुस्ताले मन पर्ने शैलीको एरेन्जमेन्ट गर्दै आएका अल्मोडाले गितार र सारंगीको संयोजन गरेर संगीतमा मिठास थपेका छन्।

हालसम्म गीतको भिडियोले ३० लाखभन्दा बढी भ्युज पाइसकेको छ। १ लाख २६ हजारभन्दा बढीले लाइक गरेका छन्।

 

प्रकाशित मिति: : 2020-01-04 00:52:32

प्रतिकृया दिनुहोस्