मिडिया विद्येयक ऐनको रुपमा आए अदालतमा च्यालेन्ज गर्ने चेतावनी

नेपालका लागि नेपाली अभियानले मिडिया/सूचना प्रविधि विद्येयकका केही प्रावधानहरु आपत्तिजनक रहेको बताउँदै विद्येयक ऐनको रुपमा आए अदालतमा च्यालेन्ज गर्ने बताएको छ।  

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै उक्त अभियानले विद्येयकको बारेमा विरोध जनाएको हो। विद्येयकका कपितय प्रावधानहरुले नागरिकका मौलिक अधिकार, वाक तथा प्रेस स्वतन्त्रतालाई नै नियन्त्रण गर्न खोजेको अभियानको आरोप छ।

अभियानका संयोजक तथा बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले उक्त विद्येयक ऐनको रुपमा आए यसले आधारभूत अधिकार र मानवअधिकारमाथि नै आँच पुर्याउने प्रवल सम्भावना रहेको खतरा औल्याए।

'सरकारले गर्न नहुने काम गरेको छ।' उनले भने 'नेपालको नागरिकलाई दासत्वो बनाएर मनमानी गर्न खोजेर हुँदैन्।' 

कार्यक्रममा अभियानका अभियन्ता तथा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले विद्येयकमा प्रिन्ट र ईलेक्ट्रोनिक मिडियालाई विभेद गरिएको टिप्पणी गरे।  

'कम्युनिष्टहरु स्वतन्त्रवादी छैनन्।' उनले भने 'सरकारले विद्येयक लागु गरे आन्दोलनमा जान बाध्य हुनेछाैं।' 

कार्यक्रममा अभियानका कानून विभागका प्रमुख भुवनेश्वर थापाले पनि उक्त विद्येयकको विरोध गर्दैसञ्चार जगतमाथिको दमन अस्विकार्य हुने चेतावनी दिए।

प्रकाशित मिति: : 2020-01-03 10:16:34

प्रतिकृया दिनुहोस्