काठमाडौं- प्रहरीले पुस ७ गते मध्य–दिउँसो काठमाडौं उपत्यकामा अपरेसन गरेर १ सय २२ चिनियाँ नागरिकलाई पक्राउ गर्यो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाले गरेको संयुक्त अपरेसनमा नेपाललाई आश्रयस्थल बनाएर सीमापार अपराधमा संलग्न भएको आरोपमा चिनियाँलाई पक्राउ गरिएको थियो।