पोखरामा बिजी बी रिसोर्ट सञ्चालनमा

पोखराको लेकसाइडमा बिजी बी रिसोर्ट सञ्चालनमा आएको छ। बुधबार औपचारिक कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नायिका स्वस्तिमा खड्का, गण्डकी प्रदेश सभाका सांसद राजीव पहारीले रिसोर्टको उद्घाटन गरेका हुन्।

पोखरामा लामो समयदेखि स्तरीय सेवा प्रदान गर्दै आएको बिजी बी क्याफेको सञ्चालककै टिमले रिर्सोट सञ्चालनमा ल्याएको हो। बिगत २० वर्षदेखि पोखरामा बिजी बि क्याफे सञ्चालनमा छ ।

युवा व्यवसायीहरू योगेश भट्टराई, ज्याक तामाङ, सुनिलबहादुर भट्टराई, सरोज भट्टराई र वसन्त महतको संयुक्त लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो । करिब ४ रोपनी क्षेत्रफलमा निर्माण गरिएको रिसोर्टमा १० करोड रुपैयाँ लगानी गरेको अध्यक्ष ज्याक तामाङले बताए ।

३४ वटा फेमेली रूमसहित सञ्चालनमा आएको रिसोर्टमा स्विमिङ पुल, सेमिनार हल, स्पा, साउना, स्टिम, वार तथा रेस्टुरेन्टको समेत सुविधा छ । डिलक्स, सुपरडिलक्स, फेमिली र स्वीट रुम रिसोर्टमा उपलब्ध रहेको सञ्चालक योगेश भट्टराईले जानकारी दिए।

उनले ४ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँ सम्मका रुमहरु रिसोर्टमा उपलब्ध रहेको बताए। पुरानो वैदाम अथवा अहिलेको लेकसाइड झल्कने गरी रिसोर्टको संरचना निर्माण गरेको बताए ।

रिसोर्टमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पूर्ण पारिवारिक वातावरणमा स्तरीय सेवा प्रदान हुने अर्का सञ्चालक सुनिलबहादुर भट्टराईले बताए।

पर्यटन वर्ष २०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याएको उनले बताए । उनले ध्वनी प्रदूषणरहित हुने गरी कोठाहरु बताएको बताए ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ उद्घाटन गर्दै स्तरीय रिर्सोट सञ्चालन गरेको बधाई दिए । उनले पोखरा सुन्दर रहेको सुन्दर बनाइ राख्न विद्युत प्राधिकरणले तारहरुलाई अण्डरग्राउड गर्ने योजना रहेको बताए ।

प्रकाशित मिति: : 2020-01-03 02:39:01

प्रतिकृया दिनुहोस्