वीरगञ्ज महानगरकाका कम्प्युटर अपरेट १५ हजार घुससहित पक्राउ

वीरगञ्ज महानगरपालिकाका लेखा फाँटका कम्प्युटर अपरेटर घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले अपरेटरको रुपमा कार्यरत राकेशकुमार जयसवाललाई कार्यकक्षबाटै १५ हजार घुससहित नियन्त्रणमा लिएको हो।

आयोगको कार्यालय हेटौंडाका प्रमुख शिव काफ्लेले वीरगञ्जमा अपरेशन चलाएको तर थप विवरण आइनसकेको बताए।
 

प्रकाशित मिति: : 2019-12-31 04:46:27

प्रतिकृया दिनुहोस्